
वीरगञ्ज, जेठ २७ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगञ्ज महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
लकडाउनले आर्थिक अवस्था जर्जर भएपनि वीरगन्जका उद्योगी व्यवसायीले कोरोना भाइरस नियन्त्रणको अभियानमा महानगरपालिकालाई रकम प्रदान गरेको हो ।
पीसीआर मेसिन खरिदका लागि सहयोग गर्न गरेको आह्वानलाई मध्यनजर गर्दै वीरगन्जका व्यापारिहरुले महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेका हुन ।
महागरपालिकामा मङगलबार आयोजित कार्यक्रमममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले ७० लाख ११ हजार रुपैयाँको चेक नगर प्रमुख विजय सरावगीलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस्