
सिन्धली । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिंदै गर्दा सिन्धुलीको कमलाखोचस्थित दुधौली नगरपालिकाको भलुवाहीमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
स्थानीय बासीन्दाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ साेही कार्यक्रमको आयोजना गरिएको हो । भलुवाहीमा अधिकारी कन्ट्रक्सन तथा सप्लायर्सको आयोसंचालित विविध सांस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु क्रमशःटिका सानु, दिनेश थापा, विजय गुरुङ र रुपी सिजाली मगर लगायतले लामो समयसम्म विविध सांगीतिक प्रस्तुती गरेका थिए ।
कमलाखोच क्षेत्रका स्थानीय बासीन्दाहरु वर्षभरी खेतीपातीको कामकाजले थकित भइ आलस्य भएको अवस्थामा चाडपर्वका अवसरमा शारीरिक स्फूर्ती र भरपुर मनोरञ्जन प्रदान गर्ने उदेश्यले वर्षेनी विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ ।
सोही कार्यक्रममा दुधौली नगरपालिका वडा नं २ का वडाध्यक्ष रितेश राउत, समाजसेवी खेटराज अधिकारी, कुमार भण्डारी लगायत स्थानीय वुद्धिजीविहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु तथा स्थानीय दर्शकहरुको बाक्लो सहभागिता रहेको थियो । कमलाखोचको भलुवाहीमा क्षेत्री, ब्राम्हण, दनुवार र माझी लगायतका विभिन्न जात जातिको सामूहिक बसोवास रहेको छ ।
खेतीपातीको काम सम्पन्न भइ दशैं तिहार र छठ पर्वको आगमनसँगै मनोरञ्जनजन्य कार्यक्रमहरु आयोजना हुने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्