Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


वीरगन्ज उद्योग वाणिज्य संघद्वारा वीरगन्ज महानगरपालिकालाई ७० लाख सहयोग


0
Shares

वीरगन्ज, जेठ २७ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

‘लकडाउन’ले आर्थिक अवस्था जर्जर भएपनि वीरगन्जका उद्योगी–व्यवसायीले कोरोनाभाइरस नियन्त्रणको अभियानमा महानगरपालिकालाई रकम प्रदान गरेका हुन् ।

‘पीसीआर’ मेसिन खरिदका लागि सहयोग गर्न गरेको आह्वानलाई मध्यनजर गर्दै वीरगन्जका व्यापारीहरुले महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

महागरपालिकामा मंगलबार आयोजित कार्यक्रमममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले ७० लाख ११ हजार रुपैयाँको चेक नगरप्रमुख विजय सरावगीलाई हस्तान्तरण गरेका थिए ।