२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


संविधान संशोधनको पक्षमा छौंः जनता समाजवादी पार्टी


0
Shares

काठमाडौं, जेठ २७ । जनता समाजवादी पार्टी (जसपा)ले नेपालको भूमि अनुसारको नयाँ नक्शालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा आफूहरु रहेका जनाएको छ ।

प्रतिनिधि सभामा संविधान संशोधन सम्बन्धि छलफलमा भाग लिँदै मधेश केन्द्रित दुई दल मिलेर बनेको जसपाका नेताहरुले संविधान संशोधनका पक्षमा उभिने बताएका हुन् ।

समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताउँदै राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने प्रष्ट पारे । उनले सरकारका तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने भन्दै लिम्पियाधुराको सिरानबाट बगेको नदी नै कालीनदी भएको बताए ।

राजपाका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाउँदै राष्ट्रियता विषय र भौगोलिक अखण्डताको विषयमा नहोच्याउन चेतावनी दिए ।

उनले नक्शाको विषय कूटनीतिक रुपमा समाधान गर्न आग्रह गर्दै महाकाली सन्धि र सन् १९५० को सन्धिका विषयमा पनि छलफल गर्न माग गरे ।