नवलपरासी, जेठ २७ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित देखापरेका छन् ।
मंगलबार संक्रमित देखापर्नेमा वडा नम्बर–१ मा छजना, वडा नम्बर–३ मा दुईजना, वडा नम्बर–४ मा एक र वडा नम्बर–५ मा तीनजना रहेका छन् ।
भारतबाट फर्केका उनीहरु १६ देखि ५६ वर्ष उमेर समूहका छन् । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ३३ पुगेको छ । संक्रमितमध्ये तीनजना निको भएर घर फर्केका छन् ।
यसअघि, पाल्हीनन्दन गाउँपालिकामा देखापरेका ११ जना स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा छन् ।
सुस्तामा फेलापरेका संक्रमितलाई स्थानीय बेलवानी स्वास्थ्य केन्द्र भवनमा राख्ने तयारी गरिएको छ । यसअघि फेलापरेका दुईजना संक्रमित पनि सोही भवनमा छन् ।





प्रतिक्रिया दिनुहोस्