
काठमाडौं, जेठ २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । संसदको छलफल लम्बिएकाले बैठक सरेकाले अब दुई अध्यक्षले नयाँ मिति तय गर्ने जनाइएको छ ।
आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरी सचिवालय बैठक बोलाइएको थियो । नेकपामा संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने र नगर्नेबीच अलग अलग राय छन् ।
सरकारलाई एमसिसी पारित गर्नुपर्ने दबाब छ भने पार्टीभित्र पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएकाले सरकारलाई अफ्ठ्यारो परेको छ ।
प्रतिक्रिया दिनुहोस्