
काठमाडौं, जेठ २७ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शनमा उत्रिनेहरुमाथि प्रहरीले धरपकड गरेको छ । केहीलाई लाठी प्रहारसमेत गरिएको छ ।
मंगलबार काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गर्न पुगेका युवा–विद्यार्थीहरु र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारी सामान्य घाइते पनि भएका छन् ।
हातमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रेकाहरुले एमसिसी खारेजी गर्न माग गरेका थिए । प्रहरीले लाठी प्रहारबाट घाइते भएका एकजनालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्रेको छ । राष्ट्रिय झण्डासहित उपस्थित भएका प्रदर्शनकारीबाट प्रहरीले झण्डा खोस्न खोज्दा तनाव भएको हो ।
प्रतिक्रिया दिनुहोस्