अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।
अर्घाखांचीमा हिजो मात्रै नगर उपप्रमुखसहित ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आज नगरपालिकामा कायर्रत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइंदैछ ।
परीक्षण रिपोर्ट नआउँदासम्म पछिल्लो १० दिनसम्म कार्यालय आएका कर्मचारीलाई होम क्ववारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।
हिजो संक्रमण पुष्टि भएका सबैैलाई हटारीनेटामा रहेको आइसोलेसनमा राखिएको नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । अर्घाखाँचीमा कोरोना संंक्रमितको संख्या ३६ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्