Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सभामुख महराले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना, गरे बिदाई


0
Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाली क्रिकेट टोलीले गरेको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन् ।

एसिया कप छनोट क्रिकेटको तयारीका लागि श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर बिदाई गर्दै सभामुख महराले क्रिकेट खेलमा नेपालको स्थान उच्च रहेको बताए ।

उनले क्रिकेट खेलले नेपाललाई विश्वसामु चिनाएको भन्दै खेलाडीको प्रशंसासमेत गरे ।

एसीसी एसिया कप छनोट खेलका लागि श्रीलंकामा हुने अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा तीन वटा अभ्यास खेल खेल्नेछ ।

नेपालले श्रीलंकामा पहिलो अभ्यास खेल अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिमसँग खेल्नेछ ।

त्यस्तै दोस्रो खेल अगस्ट २४ मा ब्लोमफिल्ड क्लबसँग खेल्नेछ भने अन्तिम अभ्यास खेल अगस्ट २६ मा कोल्ट्स क्लबसँग खेल्नेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार शाह, वसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल आजै श्रीलंका जाँदैछन् ।

श्रीलंकामा अभ्यास खेल खेलेर नेपाली टोली एसिया कप छनोटका लागि अगस्ट २७ मा मलेसिया पुग्नेछ ।