दोहोरो सुरक्षा दबाबमा प्रहरी « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


दोहोरो सुरक्षा दबाबमा प्रहरी


143
Shares

काठमाडौं । यस वर्ष मुख्य चाडपर्व र चुनाव एउटै समयमा परेको छ । प्रमुख राजनीतिक दलहरुले दशैँ, तिहारलाई नै चुनावी प्रचारको रुपमा अघि बढाउने रणनीति बनाएका छन् । त्यसै पनि चाडपर्व लक्षित शान्ति सुरक्षा प्रवन्ध मिलाउँदै आएको प्रहरी दोहोरो दबाब कसरी झेल्दैछ ?

प्रहरीले विगतझैं यसपाली पनि काठमाडौं उपत्यकाको सुरक्षा रणनीतिलाई उच्च महत्व दिएको जनाएको छ । दशैँ, तिहार र छठ पर्व केन्द्रीत सुरक्षा योजना लागू गर्ने तयारीमा प्रहरी जुटेको छ । चाडपर्वमा अत्याधिक प्रहरीहरु खटाउने, प्रहरीलाई धेरै भन्दा धेरै काममा खटाउने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सीताराम रिजाल बताउनुहुन्छ ।

चाडपर्व विशेष सुरक्षा योजनामा नेपाल प्रहरीले सादा पोशाक, युनिफर्म र ट्राफिक प्रहरी गरि ३ तहमा सुरक्षा व्यवस्था मिलाउने जानकारी दिएको छ । यस अघिको चाडपर्वमा घटेका आपराधिक घटनालाई सुक्षम अध्ययन गरि सुरक्षा योजना प्रभावकारी बनाउने प्रवक्ता रिजाल बताउनुहुन्छ ।

चाडपर्व विशेष सुरक्षा योजनामा सादा र युनिफर्ममा ७ हजार ५ सयको हाराहारीमा प्रहरी परिचालन हुने छन् । त्यसै गरि प्रहरीले सार्वजनिक सवारी साधनमा हुन सक्ने लुटपाट, पकेटमार महिला हिसालाई मध्य नजर राख्दै सादा पोसाकमा प्रहरी परिचाल गर्दै सेफ्टिपिन योजना अघि बढाइने छ । दशैं, तिहारलगत्तै राष्ट्रिय चुनाव आउँदै छ । दलहरुले पर्वलाई नै चुनावी प्रचारको माध्यम बनाउने भएकाले प्रहरी सुरक्षाको दोहोरो दबाब परेको र त्यसलाई मिलाएर सामना पर्ने प्रहरी बताउछ ।

शान्ति सुरक्षा भनेको राज्यप्रति जनताको भर हो । चाडपर्व, चुनावमा मात्र नभएर वर्षैभरि राज्यप्रति जनताको विश्वास रहन जरुरी छ ।