शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छ : मन्त्री पौडेल « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छ : मन्त्री पौडेल


104
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्ने बताउनुभएको छ ।

मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच बिहीबार भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै चाँगुनारायण इञ्जिनीयरिङ कलेजका बारेमा चासो राख्दै छलफल गर्नुभएको हो ।

मन्त्री पौडेललाई नगरप्रमुख खत्रीले चाँगुनारायण इञ्जिनीयरिङको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले चाँगुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा वृद्धि गर्दै देशकै नमूना शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनुभयो ।

नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेलसमक्ष आग्रह गर्नुभएको थियो ।