Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कालीमाटी बजारमा चर्काचर्कीः अनुगमन टोली पुग्दा व्यवसायी आक्रामक (भिडियो)


0
Shares

काठमाडौं । सरकारी अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो ।

तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारी अनुगमन टोलीले बजार अनुगमन गरेको हो । सो क्रममा टोलीले विभिन्न पसल र सवारीमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा किसानले बिक्री गर्दाको भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्री मूल्य पाइएको टोलीले जनाएको छ ।

यसैबीच विना जानकारी अनुगमन गरेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएपछि कालीबजार केहीबेर तनावग्रस्त बनेको थियो ।