डडेल्धुरा । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका ७ जनाको मृत्यु भएको छ ।
एक हप्तामा बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टाइनमा २/२ जना र डोटीको क्वारेन्टिनमा १ युवकको मृत्यु भएको हो ।
हिजो डोटीको केआईसिंह गाउँपालिका ३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको थियो ।
भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका ६ का ३१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो ।
चार जिल्लामा गरी ६ जनाको क्वारेन्टिनमा मृत्यु भएको हो । यसअघि पनि बैतडी जिल्ला पुर्चौँडी नगरपालिका ४ मा मंगलबार क्वारेन्टिनमा नै एक महिलाको मृत्यु भएको थियो ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा पनि ६५ वर्षका एक वृद्धको मृत्यृ भएको थियो ।
डडेलधुरामा पनि भारतबाटै घर फर्किएकी गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो ।
डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ७ वर्षिय बालकका पनि मृत्यु भएको थियो ।
उनीहरूमध्ये ४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ र १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ३ जनाको भने कोरोना परीक्षण हुन बाँकी नै रहेको छ ।





प्रतिक्रिया दिनुहोस्