२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रधानमन्त्रीकै उपस्थितिमा उच्चस्तरीय समितिको बैठकः लकडाउन खुकुलो पार्ने मस्यौदामाथि छलफल


0
Shares

काठमाडौं, जेठ २६ । प्रधानमन्त्री केपी ओलीसहितकै उपस्थितिमा आइतबार मध्यरातिसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति बैठक भएको छ ।

बैठकमा लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल भए पनि कुनै टुंगो भने लाग्न सकेन ।

बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बैठकमा घनिभूत छलफल भए पनि निर्णयमा भने हुन नसकेको बताए ।

कोरोना संक्रमणको प्रकृति हेरेर निर्णय गरिने भएको छ । लकडाउन लम्बिँदै जाँदा जनजीवन कष्टकर हुँदै गइरहे पनि सरकार यसबारे ठोस निर्णय गर्न सकेको छैन ।