१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना


1.976k
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।

आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।