
बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा छाडा चौपायाका कारण समस्या बढेको छ ।
छाडा चौपायाले बालीनाली नोक्सान गर्ने, जथाभावी फोहोर गर्ने, सवारी आवागमनमा बाधा पार्नुका साथै विभिन्न सडक दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।
बजार क्षेत्र र आसपासका क्षेत्रका अधिकांश बासिन्दाको रातीको समय छाडा चौपाया लखेट्नमै बित्ने गरेको छ ।
रातीको समयमा छाडा चौपायले आपm्ना बालीनाली नोक्सानी गर्ने गरेकाले राम्रोसँग सुत्न नपाएको स्थानीयको गुनासो छ ।
दूध दिउन्जेलसम्म मात्र चौपाया पाल्ने र त्यसपछि छडि दिने प्रवृत्तिका कारण यस्तो समस्या आएको स्थानीय बताउँछन् ।
छाडा चौपाया व्यवस्थापन गर्न स्थानीय सरकारले नै पहल गर्नुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्