Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सुदूरपश्चिममा जनप्रतिनिधिलाई पनि कोरोना


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २४ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार कैलालीको गोदावरी नगरपालिकाका एकजना पुरुषमा कोरोना पुष्टि भएको थियो । ती व्यक्ति जनप्रतिनिधि रहेको खुलेको हो ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा संक्रमण पुष्टि भएको हो ।

उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो ।

‘आरडीटी पोजिटिभ’ देखिएपछि उनलाई छुट्टै राखिएको थियो ।

यसअघि, सुदूरपश्चिममा एम्बुलेन्सचालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ ।