Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


विदेशबाट स्वदेश फर्कन चाहने सबैलाई ल्याऊः नेपाली कांग्रेस


0
Shares

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कोरोना भाइरसका घर फर्कन चाहने सबैलाई स्वदेश ल्याउन सरकारसँग आग्रह गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति निकाली विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार भएकाले फिर्ता ल्याउन आग्रह गरेका हुन् 

उनले संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन भनेका हुन् । कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले भनेका छन् ।

विदेशबाट ल्याइएका सबैको पिसिआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न पनि उनले माग गरेका छन् ।