Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


वडाध्यक्ष घुस लिएको आरोपमा समातिए


0
Shares

बुटवल, जेठ २४ । पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष देवेन्द्र पुनलाई  टोलीले शनिबार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१०, झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख  बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिए । रासस