Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्यासको मूल्य यथावत


0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ ।

हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।