
एजेन्सी, जेठ २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो रंगभेद विरुद्धको आन्दोलनमा सहभागी भएका छन् । ओट्टावामा भएको प्रदर्शनमा सहभागि भएर प्रधानमन्त्री ट्रूडोले आन्दोनप्रति ऐक्यवद्धता जनाएका हुन् ।
उनले घुँडा टेकेर ऐक्यवद्धता जनाएका थिए । शुक्रबार प्रदर्शनमा सहभागी हुने नहुने बारे सोधिएको प्रश्नमा केही जवाफ नदिएका उनी अप्रत्यासित रुपमा ‘नो जस्टिस, नो पिस’ प्रदर्शनमा सहभागी भएका थिए ।
कालो मास्क लगाएका उनलाई सुरक्षाकर्मीहरुले घेरेर सुरक्षा प्रदान गरेका थिए । प्रदर्शनका क्रममा केही नबोलेका उनी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै घुँडा टेकेर बसेका थिए ।
प्रदर्शनमा सहभागि भएकामा प्रधानमन्त्री ट्रूडोलाई प्रदर्शनकारीले धन्यवाद दिएका छन् । आलोचकहरुले भने उनको यो कार्यलाई ‘पब्लिसिटी स्टण्ड’ भनेका छन् ।
अमेरिकामा एक अश्वेत नागरिकलाई प्रहरीले यातना दिई मारेपछि अहिले अमेरिकाभर रंगभेद विरुद्धमा आन्दोलन चर्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो देशमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीका विरुद्धमा रहेका छन् ।
ट्रम्पसँग कतिपय मुद्दामा विमती राख्ने ट्रूडोले क्यानडामा रंगभेदविरोधी प्रदर्शनमा सरिक भएर ऐक्यवद्धता जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्