Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


मन्त्रीले प्रचारप्रसार गर्न नपाउने आचारसंहिता कडाईका साथ लागू गर्न नेता नेम्वाङको माग


351
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गर्नु भएको छ ।

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख समेत रहनु भएका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझाव विपरित निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रुपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताउनु भएको हो ।

सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले संसदीय प्रणालीको मूल्य र मान्यता विपरित हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा निर्वाचन आयोगले उल्लेख गरेकोमा आफ्नो दलको असहमती भएपनि छापेर आएपछि त्यसलाई कार्यान्वय नै गराउनैपर्ने अडान रहेको स्पष्ट पार्नु भयो ।

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैंलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराउनु भयो ।