
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५९ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ६ सय जनाको पीसीआर र २ हजार ३ सय ५९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार १ सय ७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्