३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको फ्रान्सको दावी


0
Shares

काठमाडौं । फ्रान्सले विद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको दावी गरेको छ ।

आफ्ना सैनिकले मालीमा गरेको कारवाही अभियानको क्रममा उनी मारिएको फ्रान्सले पुष्टि गरेको छ ।

मालीको उत्तरमा बुधबार भएको कारवाही अभियानको क्रममा अब्देलमालेकसँग उनको निकटका नेताहरु मारिएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै गत मे महिनामा भएको सुरक्षा अपरेशनको क्रममा फ्रान्सेली सेनाले इस्लामिक स्टेटका एक शीर्ष नेतालाई पनि पक्राउ गरेको मन्त्रालयको बताएको छ ।

पक्राउ पर्ने आइएस नेताको नाम मोहम्मद मराबत रहेको जनाइएको छ ।

मालीमा फ्रान्सेली सेनाले विद्रोहीविरुद्ध त्यहाँको सेनासँग मिलेर कारवाही अभियान चलाइरहेको छ ।(एजेन्सी)