काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार स्याङ्जामा दश जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो ।
निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा आठ जना पुरुष १६ वर्षदेखि ५४ वर्षका पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष छन् ।
त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८,१९ र २७ वर्षीय पुरुष रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्