Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सामाजिक न्यायका लागि अमेरिकाका पूर्व बास्केटबल खेलाडी माइकलद्वारा १० करोड सहयोग


0
Shares

काठमाडौं । अमेरिकाका पूर्व बास्केटबल खेलाडी माइकल जोर्डनले जातीय समानता र सामाजिक न्यायका लागि आर्थिक सहयोग गर्ने बताएका छन् ।

अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यापछि जारी संघर्षका लागि आफूले सहयोग गर्ने बताएका हुन् ।

उनले सामाजिक न्यायका लागि करिब १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने बताएका हुन् ।

अधिकारको लडाइमा रहेका विभिन्न संगठनलाई सहयोग गर्ने बताएका हुन् । यो सहयोग आगामी दश वर्षसम्म निरन्तर जारी राख्ने उनले बताए ।

जर्ज फ्लोइडको मृत्युसँगै अमेरिका र विश्वभर जातीय विभेदविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।