२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बेलायती कम्पनीले थाल्यो कोभिड–१९ को खोपको उत्पादन


0
Shares

एजेन्सी, जेठ २३ । बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ ।

ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको उत्पादन शुरु गरेको हो ।

यद्यपि, यो खोप अहिलसम्म पहिलो चरणको परीक्षणमा मात्र सफल भएको हो । कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकसँग मिलेर यस खोपको विकास गरेका हुन् ।

कम्पनीका मालिक पास्कल सोरिअटले बीबीसीसँग भने, ‘यो खोप सबै परीक्षणमा सफल हुने वित्तिकै माग धेरै नै बढ्ने र आपूर्ति सहज होस् भन्नका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’

दुई अरबभन्दा बढी डोजका खोप आपूर्तिको लागि आफूहरु सक्षम रहेको  पनि एस्ट्राजेनेका कम्पनीले जनाएको छ ।

खोपको प्रभाव पुष्टि नभए यसले पार्ने आर्थिक असरबारे आफूहरुलाई राम्रै जानकारी रहेको पनि सोरिअटले बताएका छन् ।