समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक


1.326k
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ ।

आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्नेछ ।

आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।

यस्तै दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगले जनाएको छ ।