Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सञ्चालन


91
Shares

काठमाडौं । गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा भएको छ ।

डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्युआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्ने छन् ।