Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


बजेट अधिवेशन छाडेर प्रदेशसभा सदस्यहरु ‘आइसोलेसन’ निर्माणमा जुटे


0
Shares

दैलेख, जेठ २३ । दैलेखमा सामान्य उपचारसमेत नपाएर कोरोना संक्रमित युवाको मृत्यु भएपछि जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ र २ मा ‘आइसोलेसन’ निर्माण सुरु गरिएको छ ।

यी दुवै क्षेत्रमा ५०/५० शय्याका आइसोलेसन निर्माणकार्य सुरु भएको हो ।

क्षेत्र नम्बर–१ को लागि नारायण नगरपालिका वडा नम्बर–८, भुप्रेसाल र निर्वाचन क्षेत्र नम्बर–२ को दुल्लु अस्पतालको वार्डमा ५० शय्याको अस्पताल निर्माण सुरु गरिएको हो ।

कोरोना संक्रमित भेटिँदासमेत प्रदेश र संघीय सरकारले कुनै वास्ता नगरेपछि आइसोलेसन निर्माण थालिएको हो ।

प्रदेशसभाको बजेट अधिवेशन छाडेर सांसदहरु आइसोलेसन निर्माणमा जुटेका हुन् ।

दैलेखमा २१८ जनामा कोरोना ‘पोजिटिभ’ देखिइसकेको छ । एकजनाको मृत्यु भइसकेको छ ।