Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


बाराका स्थानीय तहहरु कोरोना नियन्त्रण गर्न छोडेर बजेट सक्नतिर


0
Shares

बारा, जेठ २३ । बाराका स्थानीय तहहरु कोरोना संक्रमण नियन्त्रण गर्न छोडेर बजेट सक्नतिर लागेका छन् ।

बाराका १६ स्थानीय तह कोरोना संक्रमण नियन्त्रणमा लाग्न छोडेर बजेट सक्न जुटेपछि नागरिक सुरक्षा चुनौती बनेको छ ।

भारतसँग खुला सिमाना भएका कारण जिल्लाका विभिन्न स्थानीय तहमा लुकीछिपी आउनेमाथि निगरानी गर्ने, ‘क्वारेन्टाइन’ विस्तार गर्ने र ‘आइसोलेसन’ थप्ने विषयलाई छाडेर पालिकाहरु वडा, नगरका निर्माणमा जुटेपछि कोरोनाको संक्रमणमा नागरिक चुनौती थपिएको छ ।

विभिन्न स्थानीय तहमा लुकीछिपी मानिस प्रवेश गर्नेक्रम रोकिएको छैन । 

जिल्लामा थप एकजना संक्रमितलाई पनि उपचारका लागि राख्ने आइसोलेसन नभएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकमा उपमहानगरले ५०, नगरले २५ र गाउँपालिकाहरुले १० आइसोलेसन बेड निर्माण गर्ने निर्णयमा प्रमुखहरु आफैंले हस्ताक्षर गरेपनि पालिकाहरु अन्यत्रै काममा जुटेपछि संक्रमित परिवारको तारन्तार फोन आफूले थेग्न नसकेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

हाल जिल्लामा कोरोना संक्रमित ७५ जना र क्वारेन्टाइनमा एक हजार २८७ जना रहेका छन् ।