२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत


598
Shares


जाजरकोट । जाजरकोटका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् ।

जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलपछि प्रदेशस्तरका प्रमुखको छलफल गरी जिल्लामा पालिका प्रमुखसँगको अन्तरक्रिया समेत गरिएको छ ।

निजी तथा सरकारीस्तरको बैंकले जाजरकोटका सबै पालिकामा सहुलियत कर्जा लागू गर्नका लागि वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी नीतिगत छलफल समेत सम्पन्न भएको छ ।