दार्चुलामा चट्याङ लागेर एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


दार्चुलामा चट्याङ लागेर एकको मृत्यु


104
Shares

कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।