Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रदेश–१ मा एकैदिन ३० जना ‘डिस्चार्ज’


0
Shares

विराटनगर, जेठ २२ । प्रदेश नम्बर–१ बाट बिहीबार कोरोना संक्रमणको उपचारपछि ३० जना ‘डिस्चार्ज’ भएका छन् ।

विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत् २७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् तीनजना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा उदयपुरका चार, झापाका सात, मोरङका छ, सुनसरीका चार, सप्तरीका दुई, धनकुटाका चारजना रहेका छन् ।

यसअघि, कोभिड–१९ उपचार केन्द्रबाट ३० र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना गरी ४८ जना डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, बिहीबार प्रदेश–१ मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २०१ पुगेको छ ।