पोखरा, जेठ २२ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित भएको छ ।
प्रदेशसभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेश सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले असामान्य, असाधारण, जटिल, विषम र अल्कपनीय अवस्थामा नीति तथा कार्यक्रम आएको बताए ।
उनले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले संघीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको पनि बताए ।





प्रतिक्रिया दिनुहोस्