२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुखको लगत नम्बर गर्ने काम सुरु


0
Shares

बारा । बाराको निजगढस्थित राष्ट्रिय गौरवको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको पहिलो रन–वे र टर्मिनल भवन निर्माण हुने १९ सय हेक्टर चारकिल्ला भित्र पर्ने रुखको लगत नम्बर गर्ने काम सुरु गरीएको छ ।

वन मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय बाराले उक्त क्षेत्रफल भित्र पर्ने रुखको प्रकार, संख्या र विवरण लिने र मन्त्रालयमा पेश गर्न काम सुरु गरेको हो ।

करीव ६ महिना लाग्ने यो कामका लागि अनुमानित दुई करोड खर्च लाग्ने कार्यालयले जनाएको छ ।

१९ सय हेक्टर चारकिल्ला भित्र तीस सेन्टिमिटर भित्रका पोल र तीस सेन्टिमिटर माथिका साल, सिसौ, टिक, कर्मालगायतका विभिन्न प्रजातिका करीव ५ लाख रुखहरु हुन सक्ने कार्यालयका प्रमुख मञ्जुर आलमले बताए ।

१९ सय क्षेत्रफलभित्र टाँगिया बस्तिको केहि भाग र ७५ प्रतिशत घना जंगल रहेको छ ।

२०५० सालदेखि नै निर्माणको चर्चा सुरु भएको यो आयोजनामा चारकिल्ला तोक्ने, वातावरणीय प्रभाव मूल्यांकन, मूआब्जा वितरणका काम सम्पन्न भएका छ भने पसाह खोलामा ड्याम लगाउने काम सुचारु भएको छ ।