 
	    काठमाडौं । बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ ।
बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उहाँलाई चिकित्सकको निगरानीमा राखेको बिबिसीले उल्लेख गरेको छ । ९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ । उहाँलाई अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा राखिएको छ ।
नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उहाँले त्यहीँ सपथ गराउनुभएको थियो । बुधबारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उहाँको स्वास्थ्यबारे चर्चा भएको थियो ।
प्रधानमन्त्री ट्रसले बिहीबार ट्विट गर्दै बहिङ्गम दरबारबाट महारानीका बारेमा आएको समाचारमा सम्पूर्ण मुलुक नै चिन्तित भएको बताउनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्