
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको इंग्लिस प्रिमियर लिगका बाँकी खेलहरु जुन १७ देखि सुरु हुँदैछन् ।
तर लिगका क्लबहरुले यो सिजनका केही खेल कटौती गर्ने सक्ने विकल्पमा छलफल थालेका छन् ।
लामो समय लिग रोकिएको र बाँकी रहेका सबै ९२ खेल पूरा गर्ने अवस्था नरहेकाले लिगका क्लबहरु केही खेल कटौती गरी चाँडो सिजन टुंग्याउन सकिने विकल्पबारे छलफलका लागि तयार भएका हुन् ।
लिगका २० क्लबले केही खेल कटौती गरी लिग टुंग्याउनेबारे आज छलफल गर्ने जनाएका छन् ।
लिगका पूरै खेल पूरा भएको अवस्था अंक तालिकाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल केन्द्रित हुनेछ ।
खेल कटौती भए पनि रेलिगेशन अर्थात क्लबको घटुवा भने रोकिने छैन ।
प्रतिक्रिया दिनुहोस्