Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


नागरिक लगानी कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा


195
Shares

काठमाडौं । नागरिक लगानीको कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको बताइएको छ ।

कोषले बिहीबार बैंकरहरुसँग गरेको छलफलमा कार्यकारी निर्देशक रमण नेपालले १५ भदौसम्मको तथ्यांक अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको जानकारी दिनुभएको हो ।

२०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैयाँ रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराउनुभयो । उहाँले कोषले अर्थतन्त्रमा योगदान पुर्‍याउनेतर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गर्नुभयो ।

छलफलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बजारमा देखिएको तरलताको समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिइएको हो ।

तरलता समस्याका कारण कोषले सहभागीलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढिरहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि वृद्धि भएको, विभिन्न बैकरहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा वृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे पनि कोषले जनाएको छ ।

Skip This