
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एक जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ ।
तर गोपनियताको कारण देखाउँदै क्लबले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ ।
पछिल्लो चरणमा गरिएको एक हजार एक सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो ।
प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो ।
प्रिमियर लिगका खेलाडी तथा पदाधिकारीको हाल हप्ताको दुई पटक परीक्षण हुँदै आएको छ । लिगको खेलहरु जुन १७ देखि पुनः सुरु हुँदै छन् ।
प्रतिक्रिया दिनुहोस्