१ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


१ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने


2.652k
Shares


काठमाडौं । नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षितगरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलर दाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यस संगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् । हरेकहप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपाच्यानललगाएत डिशहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो । साथै डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।