२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


प्रधानमन्त्रीले बोलाएको बैठकमा विज्ञहरुको सल्लाह


0
Shares

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र जनजीवनमा सरोकार गर्ने स्वतन्त्र तथा अन्य विज्ञहरुसँग छलफल गर्दै कोरोना भाइरससँग जुध्न विज्ञहरुको समूह गठन गर्ने र यस्ता छलफल नियमित रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणको सरकारी मोडल असफल भइरहेका बेला प्रधानमन्त्रीले विभिन्न क्षेत्रका २५ विज्ञहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।

छलफलका क्रममा विज्ञहरुले कोरोना भाइरस संक्रमणको परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित र सुरक्षित बनाउन, संक्रमितले अव्यवस्थित क्वारेन्टिनमा राख्न भन्दा घरमा राख्ने वातावरण बनाउन र लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए ।

उनीहरुले कोरोना भाइरस संक्रमणको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाइदिन र उनीहरुलाई प्रोत्साहन हुनेगरी कार्यक्रम ल्याउन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनीहरुले लकडाउन खुकुलो बनाएर निम्न वर्गको जीवन सहज बनाउन पनि सरकारलाई सुझाए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ क्षेत्र र सामाजिक अभियन्तासहित २ दर्जनभन्दा बढी व्यक्ति सामेल भए

बैठकमा सरकारका उपप्रधान एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री पनि सहभागि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त बैठकमा प्रधानमन्त्री ओलीले विज्ञहरुलाई कोरोना भाइरस रोकथामका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न बोलाएका हुन् ।

मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, डा. सन्दुक रुइत, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, अर्थविद् रामेश्वर खनालस्वर्णीम वाग्लेलगायतका विज्ञहरु बैठकमा रहेका छन् ।