Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ७८ पुग्यो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २१ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप पाँचजनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा बुधबार कैलालीका तीन र डोटीका दुईजनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका ५१ वर्षीय पुरुष तथा गौरीगंगा नगरपालिकाका २० वर्षीय र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिकाका २३ वर्षीय र पूर्वीचौकीकै २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।

७८ जना संक्रमितमध्ये एकजनाको यसअघि नै मृत्यु भइसकेको छ । सातजना ‘डिस्चार्ज’ भइसकेका छन् ।