३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट मन्त्रीको मृत्यु


0
Shares

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तको मानव संशोधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरेलगतैै आज निधन भएको हो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी पीपीपी को कराँची अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।