काठमाडौं, भदौ ३ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को फुटबलतर्फ नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
समूहकै सबैभन्दा कमजोर पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्ने सम्भावना औंल्याइँदा नेपालले अप्रत्याशित हार व्यहोरेको हो ।
आइतबार भएको खेलको ११औं मिनेटमा सहबाज युनासले आत्मघाती गोल गर्दा नेपालले अग्रता बनाएपनि अग्रतालाई जोगाउन सकेन ।
५५औं मिनेटमा पाकिस्तानका लागि मोहम्मद बिलालले बराबरी गोल गरे फर्काएका थिए ।
७२औं मिनेटमा सद्दाम हुसेनले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई जिताए ।
यसअघि, आफ्नो पहिलो खेलमा नेपाल जापानसँग १–० ले तथा दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो ।








प्रतिक्रिया दिनुहोस्