२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् ।

प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका बाँकी खेलहरु यही जुन १७ देखि सुरु हुँदैछन् । त्यसैको तयारीका लागि क्लबहरुलाई अभ्यास खेलको अनुमति दिइएको हो ।

लामो समयदेखि खेल नभएकाले खेलाडीहरुलाई आपसी तालमेल मिलाउन पनि अभ्यास खेल आवश्यक देखिएको छ ।