Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


लकडाउनको ७१ औं दिनमा उपत्यकामा चहलपहल बढ्यो


0
Shares

काठमाडौं, जेठ २० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको मंगलबार ७१ दिन पुगेको छ ।

पछिल्ला केही दिन भन्दा काठमाडौंका सडकहरुमा मंगलबार सवारी साधन बढी गुडेका छन् ।

अन्य दिनको तुलनामा तोकिएको बाहेकाको समयमा पनि विभिन्न पसलहरु खुलेका छन् ।

केही मठ मन्दिर पनि मंगलबार खुलेका छन् । तर दर्शनार्थीको उपस्थिति भने कम रहेको छ ।

यता महानगरिय ट्राफिक प्रहरीले भने लकडाउन खुकुलो नगरेको भन्दै अत्यावश्यक बाहेकको काममा बाहिर ननिस्कन अनुरोध गरेको छ ।