Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सरकारका ६ महिना, प्रधानमन्त्री ओलीले गरे पाँच भाषामा ट्वीट


0
Shares

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशीला तयार भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आइतबार पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरेका छन् ।

ट्वीटमा लेखिएको छ–‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ… ।’

प्रधानमन्त्रीले नेपाली, अंग्रेजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्वीट गरेका हुन् ।

वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो । रासस