बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम प्रदेशकी प्रदेशप्रमुख शर्मिलाकुमारी पन्तले सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदाबरीमा हरित, प्रदूषणमुक्त र वन्यजन्तुको सुरक्षित करिडोरसहितको राजधानी निर्माण गरिने उल्लेख छ ।
यस्तै, उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहनेगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।
नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योग र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
विदेशबाट फर्केकाहरुलाई कृषिलगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत् विनाधितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
रोजगारी सिर्जनासँगैै कृषिलाई व्यावसायिक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ ।





प्रतिक्रिया दिनुहोस्