१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


बाँके दुर्घटनाका मृतक र घाइतेको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

बाँके, जेठ १९ । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परिक्षण गरिएको थियो ।

दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न बिहान स्वाब सङ्कलन गरेर परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनले मृतक तथा घाइते सबैको रिपोर्ट नेगेटिभ आएको बताए । परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मृतकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाशबहादुर थापाले बताए ।

दुर्घटनामा परेर बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ ।

त्यस्तै २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गएराती नेपालगन्जको सीमा नाका जमुनाहबाट सल्यान जाँदै गरेको ना५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । रासस